प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्केलगतै मन्त्रिपरिषद् विस्तार हुने

निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका नेतासँग छलफल गरेर प्रचण्ड चितवन पुगेका हुन् ।

चितवनमा प्रधानमन्त्रीले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यक्रममा प्रधामनन्त्री सहभागी हुनेछन् ।

प्रधानमन्त्री चितवनबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धनका दलहरूबीच मन्त्रालयको संख्या बाँडफाँटमा मोटामोटी सहमति भइसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो ३ बजे कठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

मा प्रकाशित