काठमाडौँमा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

निकासखबर संवाददाता

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०० बढी अभिकर्ता प्रशिक्षित गरेको छ । काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा सो संख्यामा अभिकर्ता प्रशिक्षित गरेको हो ।

अन्तराष्ट्रिय प्रशिक्षकद्धारा दिइएको प्रशिक्षण करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनील  जनाएको छ । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक लार्ई कार्यक्रम आयोजना गरिएको बिमा कम्पनीले बताएको छ । किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल बताए ।

सो क्रममा “सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले गरेका थिए ।  सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको बताइएको छ । यो योजना न्युन लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरु र बुढेशकालमा पेन्सन चाहनेहरुका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचुर फाईदा उठाउन कमपनीले आग्रह गरेको छ  ।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित भएका थिए ।

मा प्रकाशित