नेपाल लाइफले ल्यायाे २०८० सालको क्यालेन्डर
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।  कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेको क्यालेण्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  “किनकी जीवन अमुल्य”  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएका…

पर्यटन मन्त्री किराँतीले खोजे १२ समस्याको परिणाम
आर्थिक परिवेश संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को बेथितिको घटना बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आकस्मिक बैठक बोलाएका छन् । बिहीबार विमानस्थलका अधिकारीसँग बैठक बसेर विमानस्थलमा यात्रुले पाइरहेको सास्तीबारे मन्त्री किराँतीले चासो राखेका हुन् । उनले ब्यागेज चोरिएको, विद्युतीय भर्‍याङको अवस्था, जहाजको उडान-अवतरण नियमितताको अवस्था, एयरपोर्टभित्रको महँगी, शौचालयको अवस्थालगायत १२ विषयमा चासो राखेका हुन् । आफूले उठाएका सवालबारे बोलेर, लेखेर नभई परिणाममा समाधान खोजेको मन्त्री किराँतीले बताए । यसअघि पटकपटक अनुगमन र निर्देशन दिँदा पनि समस्या समाधान नभएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले निम्न प्रश्नहरूको परिणाम खोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्- १, व्यागेज चोरिएको घटनाहरू सत्य हो ?…

उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृत नियुक्त
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई आज नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते…

कांग्रेस नेता वाग्लेले गरे पार्टी परित्यागको घोषणा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई पनि एक सन्देश पठाएर पार्टी परित्याग गरेको बताएका थिए । वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन् । उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन् । वाग्लेले शेखर कोइरालालाई लेखेको पत्रमा सभापति शेरबहादुर देउवा र आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको…

अब देशमा राजनीतिक स्थायित्व कायम हुने छः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

चितवन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै अब देशमा राजनीतिक स्थायित्व कायम हुने उनले बताएका हुन् । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, “राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।” सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।” बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार…