नेपाल लाइफले ल्यायाे २०८० सालको क्यालेन्डर

निकासखबर संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।  कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेको क्यालेण्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  “किनकी जीवन अमुल्य”  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएका छ ।  विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा कम्पनीको लगानी १५६.४४ अर्व रुपैयाँ रहेको बताएको छ । कम्पनीमा रहेको जीवन बीमा कोषमा १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको बताइएको  छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु  मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइ रहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको जनाएको छ ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

मा प्रकाशित