मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्छः मन्त्री शर्मा 
आर्थिक परिवेश संवाददाता

लुम्बिनी  । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडियामा समावेशी नेपालको चित्र झल्कनुपर्ने बताएकी छन् ।  नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उहाँले सन्चार क्षेत्रमा समावेशिताको अभ्यास बढाउनुपर्ने बताएकी हुन् । सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, लिंग, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी मिडिया क्षेत्रसँग सम्बन्धित निकाय र मिडियाबाट प्रकाशन प्रसारण हुने सामग्रीमा समावेशिताको स्वरुप झल्किनु आवश्यक रहेको उनले बताइन् । यतिबेला नेपाल विविधखाले संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई जनताको जीवनसँग जोड्ने अभियानमा रहेको उल्लेख गर्दै उनले…

सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौः प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन् । शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु।’ सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे।

मन्त्रालय बाँडफाँड टुंगीयो, कुन पार्टीको कोको मन्त्री बन्दै ?
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सत्ता साझेदार दलमा प्राय सबै मन्त्रालय बाँडफाँड टुंगीएकाे छ । अब  ५ मन्त्रालयमा मन्त्रीकाे नाम टुंगीए सँगै  सबै मन्त्रालयमा मन्त्रीकाे नाम समेत टुंगीएकाे हाे । शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा  पाँच मन्त्रालयको विषयमा भने टुंगाे नलागेकाे प्रधानमन्त्रीकाे सचिवालय स्राेतले जनाएकाे छ । हाल सम्म टुंगाे नलागेका मन्त्रालयहरुमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ।   अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको प्रधानमन्त्रीकाे सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् ।…

सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाता

भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन् । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएकी हुन् । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, सहिदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बताइन् । मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी दिइन्…

मन्त्रालय भागबण्डामा जुट्याे सहमती, कुन दलले कुन मन्त्रालय पाउँदै
आर्थिक परिवेश संवाददाता

काठमाडौं। नेपाली कांग्रेसबाट कुन मन्त्रालयमा काे भनेर मन्त्रीहरुको टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले मन्त्रालय पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टंगो लागेको हाे । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने कांग्रेस स्राेतले बताएकाे  छ । कांग्रेसबाट कुन मन्त्रालयमा काे जाँदै ? कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ । कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति खड्का र नेता रमेश रिजाल मध्ये परराष्ट्र…