मन्त्रालय भागबण्डामा जुट्याे सहमती, कुन दलले कुन मन्त्रालय पाउँदै

निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसबाट कुन मन्त्रालयमा काे भनेर मन्त्रीहरुको टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले मन्त्रालय पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टंगो लागेको हाे ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने कांग्रेस स्राेतले बताएकाे  छ ।

कांग्रेसबाट कुन मन्त्रालयमा काे जाँदै ?

कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ । कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति खड्का र नेता रमेश रिजाल मध्ये परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने अन्तिम टुंगो लागिसकेको छैन ।

उपप्रधानसहित परराष्ट्र वा रक्षा मध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने बताइएकाे छ  । सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी, २, जसपाले २, मन्त्रालय पाउने सहमति भएको छ ।

अन्य कुन दलले कुन मन्त्रालय पाउने ?

सत्ता गठबन्धनकाे  बैठकबाट  जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ । माओवादीले नयाँ मन्त्री पठाउने सम्भावना रहेकाे छैन ।

भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी उर्जामन्त्री बन्ने छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद, जसपाले शिक्षा र कृषि मन्त्रालय‚ लोसपाले श्रम मन्त्रालय पाउने भएको गठबन्धनमा सहमति भएको छ ।

मा प्रकाशित