मन्त्रालय बाँडफाँड टुंगीयो, कुन पार्टीको कोको मन्त्री बन्दै ?

निकासखबर संवाददाता

काठमाडौं । सत्ता साझेदार दलमा प्राय सबै मन्त्रालय बाँडफाँड टुंगीएकाे छ । अब  ५ मन्त्रालयमा मन्त्रीकाे नाम टुंगीए सँगै  सबै मन्त्रालयमा मन्त्रीकाे नाम समेत टुंगीएकाे हाे ।

शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा  पाँच मन्त्रालयको विषयमा भने टुंगाे नलागेकाे प्रधानमन्त्रीकाे सचिवालय स्राेतले जनाएकाे छ । हाल सम्म टुंगाे नलागेका मन्त्रालयहरुमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ।   अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको प्रधानमन्त्रीकाे सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् । केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल रहेकाले अन्तिम रुप दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

कुन दलबाट काे-काे मन्त्री बन्दै ?

प्रचण्डको सचिवालय स्रोतका अनुसार कांग्रेसबाट चार जनाको नाम फाइनल भएको छ । जसमा पूर्णबहादुर खड्का  उपप्रधान तथा रक्षा मन्त्री  बन्ने भएका छन् भने प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।  कांग्रेसबाट रमेश रिजाल  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री बन्ने भएकी छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ  उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । माओवादीबाटै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्ने पक्का भएको छ । माओवादी केन्द्रबाट हाल मन्त्री रहेका रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल –  कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेछन् ।  जसपाबाट अकोश राई  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।

यस्तै नाउपाबाट रञ्जिता श्रेष्ठ  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएका छन् ।  यस्तै अब्दुल खान  खानेपानी तथा सरसफाइ मन्त्रीमा कायम हुनेछन् । उनी जनमतबाट यसअघि नै मन्त्री बनेका हुन् ।

मा प्रकाशित