सरकारले विश्वासको वतारण बनाए पहिचानबादी वार्तामा बस्न तयार छन्ः पत्रकार राई
आर्थिक परिवेश संवाददाता

मोरङको पथरी शनिश्चरे निवासी अर्जुन जम्नेली राई पेशाले पत्रकार हुन । राई आफैले सञ्चालन गर्दै आएको रातो कलम डटकमका सम्पादक पनि छन । उनि स्थानिय विद्यालयमा पत्रकारिता पढाउँछन पनि । बिद्यार्थी कालदेखी नै राजनीतिमा सक्रृय उनी किराँत राई यायोक्खा केन्द्रिय समितिको उपमहासचिव पनि छन । नेकपा माओबादी केन्द्र निकट जम्नेली किराँती राष्ट्रिय मुक्त्ति मोर्चाको महासचिव पनि हुन । एक नम्बर प्रदेशको नाम कोसी घोषणा भएपछि पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउदै आन्दोलन चकाईरहेका छन । जसले कोसी प्रदेसलाई अशान्त बनाएको छ । सांसदहरु आफनो निर्वाचन क्षेत्रमा खुलेर जान हिच्किचाइरहेका छन । सांसदहरुका घरघरमा कालो झण्डा गाडन थालिएको छ । पालिकाहरुमा तालाबन्दि गर्न…

सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
आर्थिक परिवेश संवाददाता

सुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए  । यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२,…

डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख
आर्थिक परिवेश संवाददाता

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा थुप्रै व्यक्तिले एक लाख पुरस्कार जितेका छन् । देवका आचार्य- रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल, एम्बिता राईले नगद एक एक लाख जितेका हुन् । सन्जु इन्टरप्राइजेज अन्तर्गतका डिलर विजय स्टोर एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ का डिलरबाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन। यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले…

पोखराको पर्यटन व्यवसाय संकटमा
आर्थिक परिवेश संवाददाता

पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । “हामी निकै उत्साहित भएर व्यवसायमा लगानी गर्यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूर्वाधारमा लगानी गर्यौँ तर काम नसकिँदै कोरोना देखियो र पर्यटन क्षेत्र ठप्प भयो”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए  ।…

चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाता

भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताएकी छन्  । चलचित्र क्षेत्रलाई आवश्यकता भन्दा विलासिताको रुपमा हेर्ने दृष्टिकोणका कारण यसको विकास हुन नसकेको पनि उनले बताइन् । भैरहवामा आजदेखि सुरु भएको जीवनीमा आधारित चलचित्र निर्माणसम्बन्धी कार्यशाला उद्घाटन गर्दै उनले चलचित्रलाई देश निर्माण र समाज रुपान्तरणको आधारको रुपमा लिनुपर्ने बताउँदै अरु माध्यमबाट दिन नसकिने शिक्षा र सन्देश  चलचित्रबाट सजिलै दिन सकिने भएकाले पनि यसलाई समाज रुपान्तरणको माध्यमको रुपमा लिनुपर्नेमा मन्त्री शर्माको जोड थियो । इतिहास तथा कुनै कालखण्डसँग जोडिएका मुुख्य व्यक्तित्वसँग नजिक रहेर चलचित्र लेखन, निर्माण र प्रदर्शनका लागि दक्ष स्रोत व्यक्ति र प्रशिक्षकद्वारा…