उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्छ : प्रभु साह
आर्थिक परिवेश संवाददातारौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बारा २ मा हुने उपनिर्वाचनमा मधेस विरोधीहरुलाई पराजित गर्नुपर्ने बताएका छन् । पार्टीको ईशनाथ नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सधैं मधेशी जनतालाई ठग्दै आएकाहरुलाई पराजित गर्नुपर्ने बताएका हुन् । जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पनि पराजित गर्नेछन् ।’ भ्रष्ट तथा मधेसी विरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नु सरह भएको उनले उल्लेख गरे ।
थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु
आर्थिक परिवेश संवाददातापूर्वी नवलपरासी । पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ । महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा जिल्लाभित्र रहेका ११ वटादेवी थानमा पूजा गरेपछि पूजा सम्पन्न हुने कुवाँरवर्तीमाई गुठीका अध्यक्ष विकाराम चौधरीले जानकारी दिए । मङ्गलबार देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पूजारीसहितको टोली शिरथान माईको पूजा गर्न चैते पूर्णिमाको दिन यही कात्तिक २३ गते देवचुली पर्वतको चुलीमा पुग्ने गुठीका अध्यक्ष चौधरीले जानकारी दिए । चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य…
विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । अर्बपति विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्। अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्। यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए।
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीहरुसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भने, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर…
दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएका थिए । शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेकाे उनले बताए । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएका उनका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्ति हुन्…

