काठमाडाैं । अर्बपति विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो।
सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्।
अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्।
यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए।