डिस्चार्ज भए राष्ट्रपति पौडेल
आर्थिक परिवेश संवाददाता

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज भएकमा छन् । चैत १८ गते साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना भएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएकमा हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य लाभ गरेर अस्पतालबाट आज डिस्चार्ज हुनुभएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ प्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

दुई दिनभित्र सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्र पूर्ण रूपमा सरकार बिस्तार हुने बताए । उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए । प्रधानमन्त्री प्रचण्डले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए । प्रधानमन्त्री…

यो गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले कतिपय पदको भागबण्डा र लुट मच्चाउन गठबन्धन बनेको भनेर आरोप लगाउने गरेपनि इमानदारितासाथ काम गर्दै अघि बढे सबै संकटहरु समाधान गरेर अघि बढ्न सकिने बताए । अध्यक्ष नेपालले सत्ता गठबन्धनको पहिलो कर्तव्य संविधानको रक्षा गर्नु रहेको भन्दै संविधानको रक्षा गर्दै सुशासन, शान्ति र सम्मृद्धिका पक्षमा काम गर्न सक्नुपर्ने बताए । ‘तपाईँहरू ढुक्क भए हुन्छ यो गठबन्धन पाँच वर्ष कायम रहन्छ’, अध्यक्ष नेपालले भने, ‘कसैकसैले पद बाँडबाफाँट त कसैले लुट अभियान चलाउन यी पार्टीहरु मिलेका हुन्…

सरकार दौडिन छाडेर तुना बानेर बस्यो : गगन थापा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताएका हुन् । ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर, सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्छ।’ यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको आराेप…

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
आर्थिक परिवेश संवाददाता

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मन्त्रीपरिषद्बाट निर्णय भएकाले अब रङ्गशालाको काम अघि बढ्ने बताइन् । फाउण्डेशनले उधारोमा काम नगरेको भए यस अघि नै प्रक्रिया अघि बढ्ने बताउँदै उनले भनिन्, “ठूलो रकम तीर्नुपर्ने बाँकी देखिएकाले प्रक्रिया मिलाउन समय लागेको हो । अब काम अघि…