दुई दिनभित्र सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्र पूर्ण रूपमा सरकार बिस्तार हुने बताए । उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए । प्रधानमन्त्री प्रचण्डले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए । उनले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए।

 

मा प्रकाशित