जसपा नेपालको विधान अधिवेशन सर्याे
आर्थिक परिवेश संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएका कारण विधान अधिवेशन सार्नुपर्ने जानकारी दिए । जसपाले यही चैत २६ देखि २८ गतेसम्म अधिवेशन गर्ने तय गरेको थियो । प्रमुख बस्नेतका अनुसार देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको हो । जसपाले विधान अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने जाएको छ ।

कालिञ्चोक गाउँपालिका १ मा मानव कंकाल फेला
आर्थिक परिवेश संवाददाता

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका १ मा मानव कंकाल फेला परेको छ । दोलखा र सिन्धुपाल्चोकको बीचमा पर्ने भैंसे पात्लेखोलाको माथिल्लो भेगमा शव सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको हो । कालिञ्चोक १ को तीन हजार मिटर उचाईमा पर्ने भैंसे पात्लेखोलाको माथिल्लो भेगमा मानव कंकाल देखेपछि एक पुरुषले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले घटना मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याएर राखेको छ । सो शव कसको हो भन्ने पहिचान हुन सकेको छैन । शव पुरै गलिसकेर कंकाल मात्रै फेला परेको छ भने पहिचान गर्ने आधार उनले लगाएको लुगा र जुत्ता…

मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ
आर्थिक परिवेश संवाददाता

विराटनगर । मोरङमा एउटै परीक्षाकेन्द्रबाट ५२ सहित ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाकाे ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिने ५२ जना र झोराहाट, केराबारी र हरैचाबाट गरी ११६ जना सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिदै गरेको ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।  घटनास्थलमा प्रहरी र शिक्षा विकास…

गाउँसम्मै सडक कालोपत्र भएपछि फदिमबासी हर्सीत
आर्थिक परिवेश संवाददाता

पाँचथर ।  गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न भएका छन्। सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन् । उत्पाददित सागसब्जी बजार पुर्याउन सकिएको अधिकारीको भनाइ छ । यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्ने गरेकाे र बूढापाकालाई त पाँच घण्टासम्म लाग्ने गरेकाे उनले बताए ।  सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस हुने गरेकाे बताउँदै उनले  धुलो र हिलोले सास्ती खेप्नु पर्ने गरेकाे उनले बताए । फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको १० किलोमिटर सडक कालोपत्र भएपछि फिदिम पुग्न सहज भएको छ । समयमै फिदिम पुगेर…

चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको छः मन्त्री रेखा शर्मा
आर्थिक परिवेश संवाददाता

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएकी छन् । नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले चलचित्रको गुणस्तरीयता बृद्धिमा जोड दिएकी हुन् । ‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो’– उनले भनिन्– ‘तर, अब छायांकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिष्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।’…