मानव तस्करीमा जोडिएका एमाले नेताहरूलाई तत्काल पक्राउ गर्न माग
आर्थिक परिवेश संवाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले मानव तस्करीको आरोप लागेका नेताहरूलाई तत्काल पक्राउ गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव तोपबहादुर रायमाझीको संलग्नता रहेको खबरहरु सार्वजनिक भएपछि प्रवक्ता राईले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् । नक्कली भुटानी सराणार्थि बनाइ अमेरिका लैजाने भनी ८७५ जना नेपाली युवाहरूलाई ठुलो गिरोहले करोडौं रकम ठगी गरेको छ । पूर्व गृहमन्त्री राम बहादुर थापा बादलको…

हिमाली जिल्ला मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति
आर्थिक परिवेश संवाददाता

मुगु । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानिय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको बिशेष सहयोगमा उक्त शिबिरहरु आयोजना गरिएको हो । उक्त दुईवटा आँखा शिविर मार्फत १ हजार १ सय १८ जना बिरामीहरुको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविर मार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरु समेत लाभान्वित भएका छन् ।…

पार्टी पुनर्गठनको उद्घोष गर्दै प्रभाकर कर्णालीमा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । पार्टी पुनर्गठनको उद्घोष गर्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर कर्णाली पुगेका छन् । माओवादी पार्टीमा आन्तरिक रुपमा विभिन्न समस्याहरु देखा परेको भन्दै बहस भैरहेको बेला उपमहासचिव ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताउँदै कर्णली पुगेका हुन् । देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ । शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए । ‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो…

रामेछापमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु, ११ जना घाइते
आर्थिक परिवेश संवाददाता

रामेछाप । बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको हो । दुर्घटनामा परि ११ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि सोहि बोलेरोका चालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ र दुर्घटनामा परि मन्थली नगरपालिका ७ भटौलीकी ८२ वर्षीय नन्दमाया भण्डारी, सोही वडाकी ४० वर्षकी ज्ञानदानी तामाङ,…

बेसबल तथा सफ्टबल संघको तदर्थ समितिमा न्यौपाने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघ तदर्थ समितिको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी तदर्थ समिति गठन भएकाे हाे । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवस्तरीय निर्णयअनुसार १९ सदस्यीय समिति गठन गरिएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । परिषदले तदर्थ समितिले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी गठन गरिएको जनाएको छ ।