ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर दले मोसो
आर्थिक परिवेश संवाददाता

जनकपुरधाम । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो । स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म…

सगरमाथाकाे बेसक्याम्पमा हिमपहिरो: ३ शेर्पा आरोहीको मृत्यु
आर्थिक परिवेश संवाददाता

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हाे । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका बुधबार बिहान मृत्यु भएको हो । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ…

सिन्धुलीमा कार दुर्घटना- मृत्यु भएका सबैको सनाखत
आर्थिक परिवेश संवाददाता

काठमाडौं । आज विहान सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिको पहिचान खुलेको छ । भारतीय नम्बर प्लेटको कार विपी राजमार्गको सिन्धुलीमाडी-खुर्कोट खण्डको कमलामाई नगरपालिका -४ सोलाभन्ज्याङमा दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृत्युहुने सबै भारत विहारका हुन जसमा अभिषेक ठाकुर, मुकेशकुमार चौधरी ,मुत्यैजकुमार फुलहारा,र राजेशकुमार सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको हो ।

संसद विघटन गरेर मध्यावधी चुनावमा जाने दाउमा एमाले
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले संसद विघटन गर्ने दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । ‘एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ ।’ अध्यक्ष नेपालले भने, ‘त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’ एमालेको सोचलाई पूरा हुन नदिने नेपालको भनाई छ । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। उनले…

सुनकाे मूल्य ताेलामा १०० बढ्याे
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ ।  बुधबार सुन तोलाको १ं०० रुपैयाँले बढेको हाे । मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि बढेको छ । बुधबार…