दार्चुलामा किशोर किशोरी मृत फेला
आर्थिक परिवेश संवाददाता

दार्चुला । दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अड्किएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ। उनको सनाखत हुन सकेको छैन । सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी…

आजदेखि २०८० वर्ष सुरु, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने। सूर्य…

प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल
आर्थिक परिवेश संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित रहेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थएि । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त…

ओखलढुङगाको ओङडा शेर्पाले गरे २ दिनमा २ पटक लोबुचे हिमाल आरोहण
आर्थिक परिवेश संवाददाता

सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ओङडा शेर्पाले सोलुखुम्बुस्थित लोबुचे हिमालको आरोहण गरेका छन् । शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो हिमालको सोमबार र मंगलबार २ दिनमा २ पटक हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् । १० अप्रिलमा हाई माउन्टेन हिमालयन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीबाट र ११ अप्रिल एडभेन्चर एसेन्ट प्रालीको समुहमा दुइ पटक आरोहण गरेका हुन् । उनका साथमा १६ जना विदेशी र ५ जना नेपालीले पनि हिमालको सफल आरोहण गरेका हुन् ।

मुलुकभर वायु प्रदूषण उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह
आर्थिक परिवेश संवाददाता

काठमाडौं । वातावरण विभागले केही दिनयता काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मुलुकभरका एक सय ४० भन्दा बढी स्थानमा केही दिनदेखि लागेको डढेलो र प्रदूषणका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको उल्लेख गर्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो । आज विज्ञप्ति जारी गर्दै विभागले बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएकाले बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई सकेसम्म घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ । त्यस्तै, प्रदूषणको बढ्दो स्तरका कारण मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकोले विशेष…