ओखलढुङगाको ओङडा शेर्पाले गरे २ दिनमा २ पटक लोबुचे हिमाल आरोहण

निकासखबर संवाददाता

सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ओङडा शेर्पाले सोलुखुम्बुस्थित लोबुचे हिमालको आरोहण गरेका छन् । शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो हिमालको सोमबार र मंगलबार २ दिनमा २ पटक हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् ।

१० अप्रिलमा हाई माउन्टेन हिमालयन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीबाट र ११ अप्रिल एडभेन्चर एसेन्ट प्रालीको समुहमा दुइ पटक आरोहण गरेका हुन् ।
उनका साथमा १६ जना विदेशी र ५ जना नेपालीले पनि हिमालको सफल आरोहण गरेका हुन् ।

मा प्रकाशित