सुनकाे मूल्य ताेलामा १०० बढ्याे

निकासखबर संवाददाता

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ ।  बुधबार सुन तोलाको १ं०० रुपैयाँले बढेको हाे ।

मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी १५ रुपैयाँले बढेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।

मा प्रकाशित