संसद विघटन गरेर मध्यावधी चुनावमा जाने दाउमा एमाले

निकासखबर संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले संसद विघटन गर्ने दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् ।

‘एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ ।’ अध्यक्ष नेपालले भने, ‘त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’

एमालेको सोचलाई पूरा हुन नदिने नेपालको भनाई छ । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताएका हुन् ।

मा प्रकाशित