नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग बाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान
आर्थिक परिवेश संवाददाताकाठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाले नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र उपाध्यायलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल सबैभन्दा बढी आयकर तिरेर पटक–पटक सम्मानित हुँदै आएको छ । आर्थिक बर्ष २०७३÷०७४, २०७६÷०७७ र २०७७÷०७८ मा नोबेलले स्वास्थ्य…
सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु
आर्थिक परिवेश संवाददातासिन्धुली । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो । ५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्यान गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । घाइते अर्का एक जनाको उपचार भइरहेको छ । दुर्घटनामा परेका कसैको पनि परिचय खुल्न नसकेको प्रहरीले…
माेरङमा सुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु
आर्थिक परिवेश संवाददातामाेरङ । सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राखेका छन्। कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी मूल्यमान्यता र व्यवहार रुपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले उक्त विचार राखेका हुन् । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एवम् स्वास्थ्य कार्यालयका चिकित्सहरुलाई सुरक्षित गर्भपतन सम्बन्धमा पालिकास्तरमा रहेका हेल्थ पोष्टका स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्भतन सम्बन्धमा प्रशिक्षण दिई उनीहरुमार्फत नागरिकमा जनचेतना फैलाउनु कार्यक्रमले उद्देश्य लिएको छ । गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गराउने, विशेष अवस्थामा चिकित्सकको सल्लाहमा २८ हप्तासम्मको गर्भपतन गराउने विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला…
नागरिकता विधेयक अगाडि बढ्छः गृहमन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददातारुपन्देही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँग सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा श्रेष्ठले भने, ‘यसअघिको गठबन्धनमा समस्या थियो, त्यसबाट स्थायित्व सम्भव थिएन, अब त्यो समस्या हटेको छ, अब हामीले मूर्तरूपमा काम गर्न पाउनेछौँ ।’ यसअघि संसदमा रोकिएको नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् । ‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको…
खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विस्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ । गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विस्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए । चार दशक…

