विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
आर्थिक परिवेश संवाददाता

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धूम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धूम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध नो हर्न गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवम् धूम्रपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो…

सभामुख निवास तीन शीर्षनेताको बैठक
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा बिहान १०ः३० बजेबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेका छन् । त्यसैगरी बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । मुलुकको राजनीतिक परिवर्तनमा एकताबद्ध भएका प्रमुख राजनीतिक दल सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्याउने विषयमा…

सुन–चाँदीको भाउ फेरि बढ्यो
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको हो। सोमबार प्रतितोला सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ९ हजार ३०० कायम भएको छ। सुनको मूल्‍य बढेसँगै चाँदी पनि बढेको छ। आज ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

बाँझो जमिनमा फलफूल खेती
आर्थिक परिवेश संवाददाता

ढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो । चालु आर्थिक वर्षमा वडा नं ४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए…

सलमान लुंगी लगाएर नाचेपछि रिसाए उनका साउथ फ्यानहरू
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को नयाँ गीत यन्तम्मा चर्चामा छ। जसमा अभिनेता पारम्परिक तेलुगु पहिरनमा देखिएका थिए। गीतमा सलमान खान लुंगी जस्तो भेस्ट उठाएर नाचिरहेको देखिएका छन्। जसका कारण साउथका फ्यानहरु आक्रोशित भएका छन्। प्रयोगकर्ताहरूले यो उनीहरूको परम्परागत पोशाकको अपमान भएको बताएका छन्। सलमान खान चाँडै नै आफ्नो फिल्म ‘किसी का भाई किसकी जान’ लिएर आउँदैछन्। यो चलचित्रको ट्रेलर छिट्टै रिलिज हुँदैछ। यसैबीच निर्माताले गीत सार्वजनिक गरेर दर्शकको जोश र उत्साह बढाइरहेका छन्।