सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताएकी हुन् । “निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्छ भन्ने म सहमत छु । कन्टेन्टका रूपमा छलफल गरौँला, नीतिगतरूपमा प्रतिस्पर्धा गर्न लायक संस्था हामी बनाऔँ । कहाँनेर कमजोरी छ, दफाबार छलफलका क्रममा अगाडि बढौँ”, उनले भनिन् ।  विधेयकमा नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालनका लागि राज्यको दायित्वबाट वञ्चित नगरिएको उल्लेख…

कोशी प्रदेशको नाम खारेजीका लागि संघर्ष समिति गठन
आर्थिक परिवेश संवाददाता

खोटाङ । कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।  कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुनस् नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो । आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिवासी जनजाति महासंघ, यायोक्खा, जातीय संगठन, पहिचान पक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । संघर्ष समितिको सह–संयोजकमा नेकपा…

सडक दुर्घटनामा छोरीको मृत्यु बुबा घाइते
आर्थिक परिवेश संवाददाता

सप्तरी । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् । घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । घाइते ध्रुवको उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर…

झापा आन्दोलनका अगुवा नेता नरेश खरेलले छाडे एमाले
आर्थिक परिवेश संवाददाता

झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् । सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाका १० जनाले एमाले परित्याग गरेका हुन् । खरेल झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट तथा एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका नेता हुन् । उनी सहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका १० जनाले एकै पटक एमाले छाडेको घोषणा गरेका छन् । यसअघि हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका थिए । पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै…

अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छः  प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ  लागेको बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्शको ७२औंँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताएका हुन् । “देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ । कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ । उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ”, प्रधानमन्त्री प्रचण्डले भने । उनले तीनवटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय…