जनयुद्धकालीन घटनालाई अपराधीकरण गर्न खोजिए सह्य हुने छैन : सचिव आचार्य
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले जनयुद्धकालीन घटनालाई लिएर अपराधीकरण गर्न खोजिए सह्य नहुने टिप्पणी गरेका छन् । माओवादी घटकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै आचार्यले यस्ताे बताएका हुन् । उनले जनयुद्धकालीन सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लगाउनु पर्ने बताए । ‘राज्यले जनयुद्धमा लागेका व्यक्तिलाई पक्राउ गर्ने जेल हाल्ने गर्दै छ । जो परिवर्तन ल्याउन लड्यो त्यसलाई पक्राउ गर्ने कार्य निन्दनीय छ’ आचार्यले भने,‘सरकारले जनयुद्धकालीन घटनालाई लिएर पक्राउ गर्ने धरपकट गर्ने कार्य रोकेर यस्ता विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याउनुपर्छ ।’ देशी विदेशी प्रतिक्र्रियावादीहरु जनयुद्धलाई अपराधीकरण लागेको भन्दै आचार्यले आपत्ति जनाए ।
नेप्से सामान्य उकालाे लाग्दा कारोबार रकम ओरालाे
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो । नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको…
रौतहटमा भएकाे भिषण आगलागी नियन्त्रणबाहीर, २१ भन्दा बढी घर नष्ट
आर्थिक परिवेश संवाददातारौतहट । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएकाे छ । माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । आगलागीबाट हालसम्म २१ भन्दा बढी घर जलेर नष्ट भएको छ । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ । आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा…
रास्वपाका सांसदले स्वास्थ्य मन्त्री बन्न दुई करोड घूस मागेको अडिओ सार्वजनिक
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायीसँग दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएको छ। डा. श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घूस मागेको अडिआयो सार्वजनिक भएको हो । उनले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि दुई करोड चाहिने बताएका छन् । अडिओमा उनले स्वास्थ्य मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेलाई दुई करोड दिनुपर्ने भएकाले पैसा चाहिएको बताएका छन्। त्यसमा व्यवसायी प्रसाईंले सहयोग गर्न तयार रहेको र स्वास्थ्य मन्त्री भएपछि आफूलाई पनि सहयोग गर्नुपर्ने बताएका छन् । सांसद श्रेष्ठले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री पाउने व्यवसायी प्रसाईंलाई सुनाएका छन्।…
धौलागिरी आधार शिविर गएको हेलिकप्टर सम्पर्कविहिन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको हेलिकप्टर सम्पर्कविहीन भएको हो । आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेट आसपासमा सम्पर्कविहिन भएको हो । हेलिकप्टर सम्पर्कविहिन भएको खवर आएपछि खोजीकार्यमा टोली खटिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए। सम्पर्कविहिन भएको जानकारी पाएपछि सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा एयर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ । हेलिकप्टरमा सवार यात्रु सहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। म्याग्दीको धवलागिरि गाउँपालिका–४, मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ । तत्काल पैदलमार्गबाट जान सम्भव…

