जनयुद्धकालीन घटनालाई अपराधीकरण गर्न खोजिए सह्य हुने छैन : सचिव आचार्य

निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले जनयुद्धकालीन घटनालाई लिएर अपराधीकरण गर्न खोजिए सह्य नहुने टिप्पणी गरेका छन् । माओवादी घटकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै आचार्यले यस्ताे बताएका हुन् ।

उनले  जनयुद्धकालीन सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लगाउनु पर्ने बताए । ‘राज्यले जनयुद्धमा लागेका व्यक्तिलाई पक्राउ गर्ने जेल हाल्ने गर्दै छ । जो परिवर्तन ल्याउन लड्यो त्यसलाई पक्राउ गर्ने कार्य निन्दनीय छ’ आचार्यले भने,‘सरकारले जनयुद्धकालीन घटनालाई लिएर पक्राउ गर्ने धरपकट गर्ने कार्य रोकेर यस्ता विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याउनुपर्छ ।’

देशी विदेशी प्रतिक्र्रियावादीहरु जनयुद्धलाई अपराधीकरण लागेको भन्दै आचार्यले आपत्ति जनाए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित