सुन–चाँदीको भाउ फेरि बढ्यो

निकासखबर संवाददाता

काठमाडौं । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको हो।

सोमबार प्रतितोला सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन १ लाख ९ हजार ३०० कायम भएको छ। सुनको मूल्‍य बढेसँगै चाँदी पनि बढेको छ।

आज ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी तोलाको १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित