सुन–चाँदीको भाउ फेरि बढ्यो

निकासखबर संवाददाता

काठमाडौं । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको हो।

सोमबार प्रतितोला सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन १ लाख ९ हजार ३०० कायम भएको छ। सुनको मूल्‍य बढेसँगै चाँदी पनि बढेको छ।

आज ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी तोलाको १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

मा प्रकाशित