आरजूको चाकडी नगर्दा बढुवा पाएको थिइनः पूर्वएसएसपी विष्ट
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले आफू पदमा रहँदा राजनीतिक आक्रमणमा परेको विषय खुलासा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वएसएसपी विष्टले ०४७ देखि ०७३ सम्मको अवधिमा भएको राजनीतिक आक्रमणको खुलासा गरेका हुन् । उनले आफूमाथि ०४७ सालमा पहिलो आक्रमण सप्तरीबाट २४ घन्टाभित्र सरुवा गरेर दार्चुला पुर्याएको खुलासा गरेका छन् । उनले तत्कालीन रूपनीका निमुखा गाउँलेहरूलाई फसाउन रचिएको झुठा डाँका मुद्दा दर्ता गर्न नमानेकोले तत्कालीन नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र एवं सप्तरीका नेता रामकुमार चौधरीले आफ्नो सरुवा गराएको बताएका छन्। यस्तै, उनले आफूमाथि ०७३ सालमा अन्तिम आक्रमण गरेको समेत खुलासा गरेका छन्। पूर्वएसएसपी विष्टले ०७३ मा…
सरकारबाट भ्रष्टाचारविरुद्ध बोल्नेको मुख थुन्ने काम भएको एमाले अध्यक्ष ओलीको आरोप
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धमा बोल्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धमा बोल्ने विपक्षीलाई धम्की दिने काम भइरहेको आरोप लगाएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संसदमा केही दिनअघि मात्र स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको बताए । ‘ताजुब त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारको विरुद्धमा बोल्नुभयो, सरकारको विरुद्धमा बोल्दा धम्की मात्रै गएर अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै…
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेट
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । उनीहरूबीच आज बिहान बालुवाटारमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको भोलिपल्ट सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । प्रचण्ड–देउवाबीचको भेटमा पछिल्लो समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति जोडिएको पाइएपछि पछिल्लो समय शीर्ष नेताबीचको भेट बाक्लिएको छ । २४ घण्टा अघि मात्र प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र ल्याउने गरी काम हुँदै, लाइन बन्न नसके तीन सय मेगावाट विद्युत् खेर जाने सम्भावना
आर्थिक परिवेश संवाददाताकाठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिले खण्डमानै खुर्कोटमा २२०÷१३२ केभी र दानामा २२०÷१३२÷३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन…
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज बिहीवार बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हाे । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन लगायत १० कार्यसूचीबारे छलफल हुनेछ । गत वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक वैशाख ३० गतेसम्म चल्नेछ । प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ केन्द्रीय निकायका अध्यक्ष र ९…

