झापाको गौरीगञ्जमा साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रिया
आर्थिक परिवेश संवाददाताझापा । झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि हरेक मानिसको अभिन्न अंग झै बनिसकेको निष्कर्ष निकाल्दै प्रविधिको प्रयोगबाट हुने अपराधजन्य घटनाबाट बच्न व्यक्ति स्वयं सचेत र सतर्क हुनुपर्नेमा जोड दिइएको थियो । प्रविधिको सदुपयोगले मानिसलाई हरेक सहजता हुने निश्चित भएपनि सही सदुपयोग गर्न नजाने त्यसबाट हुने समस्याबारे छलफल गरिएको थियो । गौरीगञ्ज गाउँपालिका अन्तरगत रहेका मावि तहका विद्यार्थी, अभिभावक र शिक्षक प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले…
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन
आर्थिक परिवेश संवाददाताबनेपा । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । २०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो । गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान…
बालकृष्ण खाँणलाई चारदिन थुनामा राख्न अदालतले अनुमती दिए सँगै श्रीमती मञ्जु सम्पर्कविहीन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेलगत्तै उनकी पत्नी मञ्जु खाण सम्पर्क विहीन भएकी छिन् । खाण पक्राउ परेको खबर पाउनेबित्तिकै ललितपुरस्थित निवासमा रहेकी पत्नी मञ्जु मोवाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्री खाण चावहिलस्थित कांग्रेस नेता कान्छाराम तामाङको घरबाट पक्राउ परेका थिए । पक्राउ पर्नुभन्दा ठिक अगाडि उनी श्रीमतीसँग भिडियो कलमा सम्पर्कमा भएको पनि दावी गरिएको छ । खाण पक्राउ परेलगत्तै उनी पनि पक्राउ पर्न सक्ने डरले सम्पर्कविहीन भएको स्रोतको दावी छ । यसअघि पूर्वगृहमन्त्री खाणकी श्रीमती मञ्जुले पनि नक्कली शरणार्थी बनाउने काममा पैसा लिएको आरोप लागेको थियो ।…
प्रतिनिधिसभा बैठकमा सांसदहरुले भने- ‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद प्रतिनिधिको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।’ सांसद बुद्धिमान तामाङले धादिङ जिल्लाभित्र रहेका विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भगवती चौधरीले सुनसरी जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा घर जलेर नष्ट भएको अवस्थामा सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गरिन् । सांसद भीमप्रसाद आचार्यले सुनसरी जिल्लामा…
विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिए
आर्थिक परिवेश संवाददाताविराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्माएकी छन् । सप्तरीको कल्याणपुरकी दुखनीदेवी भगत चौधरीले छातीदेखि पेटसम्मको शरीरको भाग सँगै गाँसिएका जुम्ल्याहा छोरी जन्माएकी हुन् । उनीहरूको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने बेग्ला बेग्लै छ । ३।४ किलोग्राम तौल भएका दुबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा।रविनराज सिंहले जनाएका छन् । कोशी अस्पतालमा पहिलो पटक यस्तो बच्चा जन्मिएको हो । चिकित्सकहरूका अनुसार यो दुर्लभ घटना हो । ५० देखि ६० हजारमध्ये १ जनामा यस्तो समस्या देखिन्छ । यस्ता शिशुको बाँच्नसक्ने क्षमता ५ देखि २५ प्रतिशत मात्र हुने चिकित्सकहरूको भनाई छ ।…

