नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धान सामसुम पार्न शीर्ष नेताको दौडधुप
आर्थिक परिवेश संवाददाताकाठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने संगठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान जति गहिरो हुँदै छ, शीर्षस्थ राजनीतिक नेतृत्वमा बेचैनी उति नै बढ्दै छ । जनतालाई अनागरिक बनाएर मानव तस्करी गर्न पैसा उठाउने निकटस्थहरूलाई बचाउन शीर्ष नेताहरूले सार्वजनिक रूपमा एकअर्कालाई चेतावनी दिने र भित्री कोठामा भने खुसामद गर्ने प्रयास पनि गरिरहेका छन् । गिरोहमाथि प्रहरी हस्तक्षेप सुरु भएको डेढ महिनामा १० जना पक्राउ परेका छन् । यसमा सरकार र प्रतिपक्षी दलका शक्तिशाली व्यक्ति पनि मुछिएका छन् । सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधानमन्त्री एवं एमाले…
पहिचानको आन्दोलनः झापाको दमकमा १० प्रहरी सहित २२ जना घाइते
आर्थिक परिवेश संवाददाताझापा । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा प्रहरी सहित २२ प्रदर्शनकारी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ । आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक…
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाकोमृत्यु, एक जनाको अवस्था गम्भीर
आर्थिक परिवेश संवाददाताअर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका तीन जनाकाे ज्यान गएकाे हाे । भुमिकास्थान २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको ज्यान गएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको उनकाे भनाइ छ । आगलागी परेर घाइते भएका ३६ वर्षीय माधव…
मन्त्री मोदी र इन्टरनेशनल आइडियाका महासचिवबीच भेटवार्ता
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास–जामोराबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको हो । नेपाल भ्रमणमा रहेका महासचिव केभिन र मन्त्री मोदीबीच दुई पक्षीय हितका सन्दर्भमा कुराकानी भएको छ । भ्रमणका क्रममा महासचिव केभिनले संघीयताको सबलीकरण र स्थानीय तहको सशक्तिकरणका लागि आफूहरुले क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । महासचिव केभिनले हालसम्म इन्टरनेशनल आइडियाको ३४ राष्ट्र सदस्य रहेकाले नेपाल पनि यसको सदस्य हुन आग्रह गरे । भेटका क्रममा मन्त्री मोदीले संघीयता र स्थानीय तहसँगै नेपालका आदिवासी जनजाति, थारु, महिला लगायतका पिछडा…
गण्डकीमा कुन दलले कति मन्त्रालय पाउँदै ?
आर्थिक परिवेश संवाददातागण्डकी । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र) ले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालाय पाउने भएको हो । कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । ‘कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ’, उनले भने, ‘केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।’ मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए। ‘केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि…

