काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । उनीहरूबीच आज बिहान बालुवाटारमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको भोलिपल्ट सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
प्रचण्ड–देउवाबीचको भेटमा पछिल्लो समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति जोडिएको पाइएपछि पछिल्लो समय शीर्ष नेताबीचको भेट बाक्लिएको छ ।
२४ घण्टा अघि मात्र प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।