पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
डम्मर बुढामगर / रासस

ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन् । ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ । बागलुङ बजारबाट…

इन्कार गरे प्रहरीलाई बयान दिन पूर्वगृहमन्त्री खाणले
आर्थिक परिवेश संवाददाता

  काठमाडौं । ठगी धन्दामा संलग्नमध्येका मुख्य योजनाकार मोरङका केशव दुलाल पक्राउ गरेको २२ दिनपछि मात्रै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई संगठित ठगी मुद्दामा रूपान्तरण गरेको थियो ।   प्रहरीले केशवलाई १२ चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो । संठगित अपराध अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको मात्रै म्याद अवधि हुन्छ । त्यसो हुँदा प्रहरीले अबको दश दिनभित्र घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्नेछ । तर, प्रकरणमा एकपछि अर्को नयाँ ‘हाई प्रोफाइल’ जोडिने क्रम जारी छ । पक्राउ परेका खाणको बयानले अनुसन्धानलाई नयाँ दिशा दिने निश्चित छ । प्रहरीले खाणसँग बिहीबार बेलुकासम्म बयान लिन सकेको छैन । स्वास्थ्यको कारण देखाउँदै खाणले प्रहरीलाई बयान दिन इन्कार गरिरहेका…

विराट नर्सिङमा काटिएको हात जोडियो
आर्थिक परिवेश संवाददाता

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् । १७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर हात काट्ने अवस्थाबाट जोगाउन सफल भएका हुन् । यसरी काटिएको…

सडकमा हिड्नेको लागि सडक चाहिदैन ?
आर्थिक परिवेश संवाददाता

मध्यम बर्गीय परिवारमा हुर्किदै गर्दा  त्यो क्षणमा देख्ने सपनाको राम्रो बिज्ञ हुँ म आफै । यसकारण अभाव,दुख, उपचार खर्च नहुदाको हैरानी मैले चोला कम फटाएको भए पनि देखेको छु, अनि भोगेको छु । बिस्तारै उच्च शिक्षाकोलागि उपत्यका छिरेँ अनि बल्ल मेरो भोगाइमा झन बिबिधता आयो । माग्ने देखि राजर्षी नेताहरु देखिँदा रहेछन् उपत्यकाकाे सडकमा । यो काठमाडौंको सडक को बिबिधता देखेर कहिले खुसि त कहिले दुखि भैरहिन्थ्यो। जमल तिर हिड्दा माग्नेहरु,नेपाल बायुसेवा निगम तिर गयो भने हरेकमाल सय,मन्दिर तिर छिर्यो जोगी बाजेहरु । यति त यति चोरिएका सेकेन्ड ह्याण्ड जुता समेत काठमाडौंले बिक्रि गर्यो । कति लिलामी गर्यो । मलाइ…

मुकेशलाई शहीद घोषणा गरिन्छः मन्त्री मोदी
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन् ।  बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका हुन् । मन्त्री मोदीले भने “ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ ।”  लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे । मन्त्री मोदीले भने “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८…