बजेटलाई बितरणमुखी नभई उत्पादनमुखी बनाउन चेम्बरको सुझाव
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट बितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष आग्रह गरेको छ । आगामी बजेटमा सुझाव दिने क्रममा चेम्बरले बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिएको हो । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग छ । अर्थमन्त्री डा. महतलाई चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘गम्भिर आर्थिक शिथिलताले धराशायी हुने संघारमा पुगेका उद्यमी व्यवसायीहरुलाई आवश्यक नीतिगत संरक्षण एवं सहुलियत प्रदान गर्नेगरी बजेट तर्जुमा गरिनुपर्दछ, ।’ अर्थमन्त्री डा. महतसमक्ष चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विनियोजित बिकास बजेटलाई समयवद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न…
भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाको माग
आर्थिक परिवेश संवाददाताकाठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’ पार्टीले छानबिनमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन…
यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ
आर्थिक परिवेश संवाददाताकाठमाडौं । यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् । उनलाई खोटाङवाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ७५ वर्षीय राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए । राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ । उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो । शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धाान थालेको छ ।…
प्रधानमन्त्री प्रचचण्ड र रवि लामिछानेबीच भेटबार्ता
आर्थिक परिवेश संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचचण्डलाई धन्यवादसमेत दिएका छन् । भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ र समर्थन रहने लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताएका छन् ।
संविधानसभा सदस्य बस्नेतको निधन
आर्थिक परिवेश संवाददाताकाठमाडौं। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए। २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए। काग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका थिए । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए।

