रास्वपामा भ्रष्टलाई कुनै स्थान छैनः रवि लामिछाने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा भ्रष्टहरुका लागि कुनै स्थान नरहेको दाबी गरेका छन् । काठमाडौंको माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टहरुलाई कुनैपनि स्थान नदिने र अन्य पार्टीले पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे । उनले भने, ‘भ्रष्टहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि स्थान छैन् । अन्य राजनीतिक दलहरुले पनि यही गरुन् भन्ने चाहान्छु ।’ शनिबार बिहानैदेखि स्वतस्फूर्त रुपमा सहभागी भएकाहरुले भ्रष्टाचारी विरुद्ध चर्का नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डेलगायत सहभागि थिए ।

काठमाडौंभरि निःशुल्क एम्बुलेन्स दिने महानगर प्रमुख बालेनको घोषणा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । महानगर प्रमुख बालेन शाहले काठमाडौं नगरवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् । शाहले लेखेका छन् ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

‘प्रचण्ड कमरेड तुरुन्त क्यान्टोनमेन्टको छानबिन गर्नुस्’ – वाइसीएल अध्यक्ष शेर्पाली
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले लडाकु शिविर (क्यान्टोनमेन्ट)को छानबिन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग माग गरेका छन् । वाइसीएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरुले पछिल्लो चरण सरकारले सुरु गरेका भ्रष्टचार विरोधी अभियानमा एक्यवद्धता जनाउँदै बानेश्वरमा गरेको सभामा सम्बोधन गर्दै अध्यक्ष शेर्पालीले गणतन्त्र प्राप्ति आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरुलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठुला नेताहरूलाई कानुनको कठघरामा उभ्याउदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले…

मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी
आर्थिक परिवेश संवाददाता

खोटाङ। खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक मदन राईविरुद्ध यौन दुर्व्यहारको आरोपमा एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन्। उक्त फाउन्डेसनमा बसेर बाहिरि सकेकी किशोरीले उनी विरुद्ध जाहेरी दिएकी हुन । १६ वर्षीया किशोरीले राईविरुद्ध शुक्रबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए । आरोपी राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्नो गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउनेलगायत आरोप लगाएकी छन्। मदनले…

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सन् २०२२ को ग्लोबल क्यान्सरको तथ्यांक अनुसार विश्वमा २३ लाख महिला स्तन क्यान्सरबाट प्रभावित रहेको पाइयो । नेपालमा यसको संख्या एक हजार ९७३ छ । नेपालमा देखिएको क्यान्सरको प्रवृत्तिको आधारमा स्तन क्यान्सर तेस्रो नम्बरमा पर्छ । कतिपयलाई स्तन क्यान्सर महिलामा मात्र हुन्छ भन्ने भ्रम पनि छ तर यो क्यान्सर महिलामा मात्र नभई पुरुषमा पनि हुने गरेको छ । स्तन क्यान्सर हुनुको प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन जस्तै: मोटोपना, मद्यपान तथा धुम्रपान, अस्वस्थकर खानपान, चिल्लो बोसोयुक्त खाना र बच्चालाई स्तनपान नगराउनु आदि हुन् । कसरी पहिचान गर्ने स्तन क्यान्सर ? स्तन क्यान्सर भएको खण्डमा केही लक्षणले पत्ता लगाउन सकिन्छ…