पहिचान र अधिकारका पक्षधर गोलबन्द हुनुपर्छः प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सक्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईँहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुर्नुस् ।’, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा…
एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपाल विजयी
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २७ माघ । लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपाल विजयी बनेको हो । क्यानडाले दिएको २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो । कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए । यसअघि बिहीबार भएको पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट…
सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता
आर्थिक परिवेश संवाददाताकाठमाडौँ,२७ माघ । सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । सम्झौता अनुसार दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले जानकारी दिए । उनका अनुसार नेपालमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिने छ । स्विट्जरल्यान्डसँगको सम्झौतासँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।
१२ वर्षकाे सम्बन्ध टुंगियाे अभिनेत्री इशा देओलकाे, गरिन् डिभोर्स
आर्थिक परिवेश संवाददाताएजेन्सी, २४ माघ । बलिउड अभिनेत्री इशा देओलले श्रीमान् भरत तख्तानीसँग डिभोर्स गरेकी छिन् । लामो समयदेखि अलग बस्दै आएको यो जोडी अन्नतः डिबोर्स गरेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले विवाहको १२ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । केही समयअघि उनीहरूको सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो । मंगलबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले छुट्टिएको घोषणा गरेका हुन् । इशा धर्मेन्द्र र हेमा मालिनीकी छोरी हुन् । इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी राध्या र मियारा छन्।
मुख्यमन्त्रीहरुको भरोसा टुट्न दिन्न, संघीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २४ माघ । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनको संवाहक हुनुका नाताले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने बताए । उनले संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूमाथि गरेको भरोसालाई ट्ट्न नदिने समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ संघीयता कार्यान्वयनमा लाग्छु ।’ ०७६ मा परिषद्सम्बन्धी कानुन बने पनि गत असारमा आफूले नै पहिलो बैठक राखेको चर्चा गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारका…

