एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने थापाको चेतावनी
आर्थिक परिवेश संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने चेतावनी दिएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले शनिबार यस्तो बताएका हुन् । उनले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने र एमालेले अवरोध गरीराख्ने हो भने अव संसद विघटन भएर देश अर्ली ईलेक्सनमा जाने बताए । कम्युनिस्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउँदै उनले कम्युनिस्टहरू असफल भएकै कारण कांग्रेसको हातमा सत्ता आएको बताएका थिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने भन्दै थापाले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी समेत गरे ।

जन्म दिनमा भोकालाई भोजन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बस्नेतले आफ्नो जन्म दिनमा उदाहरणिय काम गरेका छन् । आफ्नो जन्म दिनमा उनले फजुल खर्च गनु भन्दा पनि गरिवलाई खाना खुवाएर जन्म दिन मनाए पसण्य कमाइने भन्दै ७० जनालाई खाना खुवाखुवाएर जन्मदिन मनाएका हुन् । जय माहाकाल युवा समुहको समन्वयमा भोकले छटपटाइरहेका गरिवहरुलाई काठमाडौंको नयाँ बसपार्क स्थित विजीमहल अगाडि जम्मा गरेर भोजन गराएको उनको भनाइ छ । सामाजिक सेवामा निरन्तर लाग्दै आएका बस्नेतले आफ्नो जन्म दिनको अवरसमा भोकको पिडामा परेकाहरुलाई खाना खुवाएर आत्म सन्तुष्टि गराएको बताएका छन् । जन्म दिनका नाममा अनावश्यक फजुल खर्च गर्दै आएको हाम्रो समाजमा सन्तोष जस्ता युवाहरु कमै रहेका…

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रविसंघको मशाल जुलुस
आर्थिक परिवेश संवाददाता

काठमाडौं । राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा मशाल जुलुस प्रदर्शन गरेको छ । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो। शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो ।  कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए

कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित
आर्थिक परिवेश संवाददाता

सप्तरी। नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान रोकिएको छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो । सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो । मतपत्र च्यातेर दुवै पक्षबीच बिवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको छ।

झापा गोल्डकपको क्वार्टर फाइनलमा सातदोबाटो
आर्थिक परिवेश संवाददाता

झापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।  जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।  सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको…