उपचारको क्रममा ज्यान गुमाएकी राउत शव दुई दिनपछि परिवारले जिम्मा लिए
आर्थिक परिवेश संवाददाता

उदयपुर । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । मृतकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् । पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म…

प्रदेश १ को नामकरणका विषयमा एमाले अध्यक्ष ओलीले खेले मुखः कोशी राख्नु पर्छ
आर्थिक परिवेश संवाददाता

झापा। पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्न सुझाब दिएका छन् । यो प्रदेशमा आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको पानी बग्ने कोशीले सबैलाई समेट्ने र यो नै प्रदेशको पहिचान बन्ने भन्दै उनले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गरेका छन् । उनले किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने तर्क राखेका छन् । शनिबार प्रेस चौतारी नेपाल प्रदेश एकको प्रथम अधिबेशनलाई झापाको बिर्तामोडमा संबोधन गर्दै एकाले अध्यक्ष ओलीले माओवादी केन्द्रले जातीय पहिचानका नाममा साजमा बिग्रह सृजना गरेको पनि…

महोत्तरीमा आगलागी हुँदा डेढ करोडको क्षति
आर्थिक परिवेश संवाददाता

महोत्तरी । महोत्तरी जिल्लामा आगलागी हुँदा डेढ करोड रकम बराबरको क्षति भएको छ । जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज९शनिबार० बिहान पाँचवटा पसलमा आगलागी भएको हो । आगलागी सर्वप्रथम मटिहानी नगरपालिका७ बस्ने भोलाकुमार महतोले चलाउँदै आइरहेको सीता किराना पसलमा भएको थियो । प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी भएको हो । महतोको किराना पसलसँगै टाँसिएर रहेका अरू विभिन्न पसलमा पनि आगो सल्किँदा डेढ करोड बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । करिब दुई घन्टापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । मटिहानीमा बारुणयन्त्र…

आज सुखानी शहीद स्मृति दिवस
आर्थिक परिवेश संवाददाता

काठमाण्डाै । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनको ४९ वर्ष पसरा भएको हो । झामा यसवा कम्युनिष्टहले गरको २०२८ को आन्दोलनलाई इतिहासकारले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् । झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो । त्यही…

रवि लामिछाने सहित एकदर्जनबढी पत्रकार र मिडियाविरुद्ध विद्यार्थी नेता अवस्थीले दिए उजुरी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता हेमराज अवस्थीले केहि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध उजुरी दिएका छन् । आफ्नो मृत्यु भएको भन्दै मिडिया र फेसबुकमा झुठो प्रचार गर्ने व्यक्ति विरुद्ध उजुरी दिएका हुन् । उनले पूर्वसचिव भीम उपाध्यायसहित पत्रकार रवि लामिछाने, अलि त्रिपाठी समर्थक ग्रुप, हेमराज थापा सर्मथक ग्रुप, रामा ओली, आशिका तामाङ, शिक्षा, पावर थिङकिङ्ग, डेली नेपाल लगायतका ग्रुप सञ्चालक विरुद्ध ब्यूरोमा उजुरी दिएका छन् । नेता अवस्थीले सबैलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ र दफा ५३ बमोजिम कारबाहीसहित आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेका हुन् । एमसीसी सम्झौता विरुद्ध फागुन १२ गते विप्लव…