दमौलीमा लागेको आगो नियन्त्रणमा मन्त्री श्रेष्ठको अग्रसरता, हेलीकप्टरमा पानी लिएर दमौली प्रस्थान
आर्थिक परिवेश संवाददातादमौली । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गरेका छन् । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएका हुन् । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेका हुन् । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जनाएको छ ।
ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते
आर्थिक परिवेश संवाददाताओखलढुंगा, फागुन २२ गते । ओखलढुंगाको सद्धिचरण नगरपालिका वडा नं. ५ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको चिशंखुगढी–३ दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका–५ स्थित सिस्नेखोलामा दुर्घटना भएको हो । दुर्घटना हुँदा बोलेरोमा सवार चिशंखुगडी– ३ पोखरेकी ३५ वर्षिया कुमारी श्रेष्ठको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए । उनका उनुसरा दुर्घटनामा गम्भिर घाइते भएकी उनको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचारको क्रममा ज्यान गएको हो । बोलेरोमा सवार अन्य ७ जना घाइते भएका र घाइते मध्ये ४३ वर्षिया सिता…
तनहुँको दमौली आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । एउटा हार्डवेयर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरी, स्थानीयले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
जनकपुरमा गोली चल्दा एक जना घाइते
आर्थिक परिवेश संवाददाताजनकपुर । जनकपुरमा शनिबार मध्य राती गोली चल्दा एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिए। मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५–७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएकोरायको भनाइ छ । साथीहरू एकआपसमा कुरा गरीरहेको अवस्थामा एक्कासी कुरा नमिलेपछि एक जनाले गोली चलाएको र उनको चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको…
माओवादी केन्द्रीय कमिटी बैठक आज ११ वजे बस्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ । गत शुक्रबारर देखि सुरु भएको बैठक बिहान ११ बजे बस्न भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

