गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न सकेनौँः प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् ।  बुधबार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले पयस्तो बताएका हुन् । उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउँदै प्ररिवर्तनको प्रमुख संवाहक माओवादी भए पनि आक्रमक ढंंगले समाजमा स्थापित गर्न नसकेको बताए । अध्यक्ष प्रचण्डले हामीभित्रको भएको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न नसकेको भन्दै पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसाथी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई…

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्कासित
आर्थिक परिवेश संवाददाता

बैतडी ।बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई नेकपा (एमााले) ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । मंगलबार एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । ‘पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको…

एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विरोधमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन आग्रह गरेका छन्। एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका हुन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका छन् । एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन ।…

‘बुलाकी’मा सुरक्षाको कर्णाली लुक्स
आर्थिक परिवेश संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को पहिलो मुहार सार्वजनिक भएको छ । पहिलो मुहारमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फस्टलुकमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा देखाइएको छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व। मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ । छत्रेश्वरी मेनेजमेन्टको…

अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान
आर्थिक परिवेश संवाददाता

 झापा । झापाको अर्जुनधारा नगरपालिकाले नगरपालिका भित्रका अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान गरको छ । नगरपालिकाले ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिका भित्र रहेका अन्तरजातिय विबाह गर्ने दम्पतीलाई सम्मान गरेको हो । यस अघि कसैले पनि सम्मान नगरेको हामीलाई पहिलोपटक अर्जुनधारा नगरपालिकाबाट सम्मान पाउँदा धेरै खुशी भएको वैवाहिक वर्षगाँठको ३९औं वसन्त पार गरेका धनबहादुरले बताए । नगरपालिकाले अन्तरजातिय विवाह गर्ने दम्पत्तीलाई छनौट गरि सुरु गरेको सम्मान कार्यक्रम राम्रो भएको र यसले निरन्तरता पाउनुपर्ने अर्जुनधारा–८ निवासी ३५ वर्षीय निरज रसाइलीले बताए । त्यसैगरी अन्य सम्मानित दम्पत्तीहरुमा अर्जुनधारा–२ निवासी योगेन्द्र दर्जी र इन्द्रमाया तामाङ, अर्जुनधारा–३ निवासी कल्पना गहतराज, अर्जुनधारा–६ निवासी वृहस्पति वि.क….