चैतभित्र मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने तयारी
आर्थिक परिवेश संवाददातासिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए। गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम…
अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी
आर्थिक परिवेश संवाददातासप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। जनप्रतिनिधि आएपछि जिल्ला सबैभन्दा विवादित यो गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा तालाबन्दी भएको हो । नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए । कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनको भनाइ छ । अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष…
बारको २५ पदमा ७५ जनाको उम्मेदवारी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका हुन् । यस्तै महासचिवमा ६ जनाले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिए । महासचिवका उमेद्वारमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारी रहेका छन् भने कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन् । आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५…
बस्नेत र राणामाथि भएको हिंसाप्रति पत्रकार महासंघको आपत्ति
आर्थिक परिवेश संवाददाताकाठमाडौं । मिडिया एड्भोकेसी गुप्रको संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार तथा सम्पादक बबिता बस्नेत र महिला अधिकारकर्मी बन्दना राणा विरुद्ध सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी प्रति पत्रकार महासंघले निन्दा गरेको छ । घटना र बिचार साप्ताहिकमा फाल्गुन १८ गते प्रकाशित भएको ‘बलात्कारसम्बन्धी कानुनको समीक्षा गरौँ’ भन्ने शीर्षकमा छापिएको समाचारलाई लिएर केही महिला अभियन्तासहितले समूह बनाएर बस्नेतको चरित्रहत्या गर्ने तरिकाले #BoycottBabitaBasnet भनेर एक सय १९ जनाको हस्ताक्षर सहित बहिष्कार अभियान चलाएका थिए । यस्तै उक्त समहुले धम्कीपूर्ण चेतावनीसहित राणा र बस्नेतलाई सामाजिक बहिष्कार गर्न तथा राष्ट्रसङ्घीय प्रतिनिधित्वबाट राणालाई हटाउन माग गर्दै #BoycottBandanaRana लेखेको विज्ञप्ति सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा एक भएर उनीमाथि…
जनस्वास्थ्य प्रयोगशालामा डेङ्गु परीक्षण निःशुल्क
आर्थिक परिवेश संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको हो । लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । प्रयोगशालामा यसअघि कोरोनाभाइरस संक्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । विदेशबाट आएका, लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताए । तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन्…

