मोटरसाइकल दुर्घटनामा आमा–छोरासहित तीन जनाको मृत्यु
आर्थिक परिवेश संवाददाताचितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ स्थित रमाइलोडाँडामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा नवीन गुरुङ, प्रतिभा गुरुङ र उनका छोरा आरोन छन् । नवीन इच्छाकामना गाउँपालिका–२ र प्रतिभा सोही गाउँपालिका वडा नंम्बर ३ कि हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, प्रदेश २–०३–००२ प ५९८६ नं। को मोटरसाइकल सडकबाट चार सय मिटर तल खसेको छ ।
९० लाख जनसंख्या भएका चिनियाँ सहरमा लकडाउन
आर्थिक परिवेश संवाददाताएजेन्सी । कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो । चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ । नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ । स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक ¥यापिड एन्टिजेन परीक्षण सुरु गर्दैछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि…
अध्यक्षकप फुटबल प्रतियोगितामा रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा
आर्थिक परिवेश संवाददाताझापा । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । खेल सुरु भएको २५औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरे । खेलको अग्रता कायम गरिरहेको चारतारे विरुद्ध रेडहर्षका युवराज राईले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । नतिजा पहिलो हाफमा १–१ को बराबारी भएको थियो । रेडहर्षको तर्फबाट दोस्रो हाफको १४औ मिनेटमा युवराज राईको क्रसमा मनिस थापाले गोल गर्दै नतिजा दोब्बर बनाए ।…
प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामक
आर्थिक परिवेश संवाददातासुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो गलत भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुक पेजमा प्रचण्डमाथि ढुंगा प्रहार भन्ने समाचार भ्रमक भएको भन्दै ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथि ढुङ्गा मुढा…
एमसीसी पारित भएपछि देश अस्थिरताबाट जोगीयोः प्रचण्ड
आर्थिक परिवेश संवाददातासुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएपछि देश अस्थिरताबाट जोगीएको बताएका छन् । सुर्खेतमा आयोजित कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारि नभएको भए देश अस्थिर अवस्था जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् । एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए । एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यसको रहेको केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाई थियो । करिब एक घण्टा एमसीसीका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका प्रचण्डले विगतमा क्रान्तिकारी साथीहरूको…

