एमसीसीको विरोधमा प्रदर्शन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै शनिबार पनि विरोधका प्रदर्शन भएको छ । विभिन्न साना ६ दलनिकट युवा संगठनमा आबद्ध व्यक्तिहरूले विरोध प्रदर्शन गरेका हुन् । शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म एमसीसी सम्झौताविरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले मुलुकको हितविपरीतको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।
फाइजर खोपले बालबालिकामा ओमिक्रोको जोखिम घटायो
आर्थिक परिवेश संवाददाताएजेन्सी । कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान गएको सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कम…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा
आर्थिक परिवेश संवाददाताकाठमाडौँ । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण…
विद्यार्थी मृत्यु प्रकरण: तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी
आर्थिक परिवेश संवाददातालमजुङ । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् । लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि बढाएको बताए । कार्कीअनुसार किटानी जाहेरी परेका ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी…
६५ किलो गाँजासहित प्रहरीले एक जना पक्राउ
आर्थिक परिवेश संवाददाताविराटनगर। मोरङको केराबारीबाट ६५ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका(१ का ३१ वर्षीय दीपेश राई रहेका छन् । को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए । इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका–७ मुगुटोलबाट पक्राउ गरेको थियो। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

