पार्टीले एमसीसीको विरोधमा निर्णय गरे राजीनामा दिन्छुः प्रचण्ड
आर्थिक परिवेश संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताबारे स्थानीय तहको निर्वाचनपछि पार्टीमा बहस हुने बताएका छन् ।  प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सम्झौता पारित गर्ने सन्दर्भमा पार्टीबाट भएको पूर्वनिर्णय फेल भएमा राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आएका प्रचण्डले एमसीसीबारे पार्टीमा फरक बुझाई रहेको स्वीकार गर्दै एउटा अपिलमार्फत् साझा भाषा बनाएर निर्वाचनमा जाने निर्णय पार्टी केन्द्रीय समितिले गरेको बताए । व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिँदै उनले सार्वभौम संसदको…

भासेलकिभको हवाई आधार ध्वस्त
आर्थिक परिवेश संवाददाता

किभ। रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् । रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ। अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ। रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण…

प्रतिनिधिसभा बैठक आईतबार १ बजे बस्दै
आर्थिक परिवेश संवाददाता

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ। प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल ९गौतम० र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ। प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग…

नक्कली कम्युनिष्टलाई जनताले नांगेझार पार्नुपर्छः झलनाथ खनाल
आर्थिक परिवेश संवाददाता

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए। नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि…

देशको संकटमोचन गर्ने भूमिकामा माओवादी केन्द्र: प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी संकटमोचनको भूमिकामा रहेको बताएका छन् । शनिबार नुवाकोटमा स्व‌‍‍‍‍. पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न पनि समान्य नभएको बताउँदै उनले सबै कुरामा माओवादी अघि बढेर देशलाई निकास दिने काम गरेको बताए । अहिले पनि आफूहरु जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था रहेको उनको भनाई थियो । उनले अमेरिकी सहयोग परियोजना…