पीडितले निश्चित समयअवधिभित्र न्याय पाउनुपर्ने: कानुनमन्त्री बडू
आर्थिक परिवेश संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समयअवधिभित्र न्याय पाइसक्ने कानूनी व्यवस्था हुनुपर्ने बताएका छन्  । आइतवार न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् । मुद्दा दर्ता भएसँगै त्यसले बाँकी प्रक्रिया पाउन कति समय लाग्छ र फैसला कहिलेसम्म हुन्छ भन्ने विषयको अनुमान गर्न सकिने अवस्था बन्नुपर्ने उनले बताए । यति समयभित्र न्याय पाउछु भनेर पीडित विश्वस्त हुनसके अदालतप्रतिको आस्था र विश्वास बढ्ने उनले बताए । पीडितलाई छिट्टै…

रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने: संचारमन्त्री कार्की
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रसारण सेवामा रुपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिटै टुङ्गिने विश्वास व्यक्त गरे । उनले बिनासकारी भूकम्प र कोरोना महामारी लगाएत बिपतको समयमा रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गरे । आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाई छ । वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी…

कोरोना अपडेट, आज थप २३ जनामा कोेरोना पुष्टि
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै १ हजार ६२ एन्टीजेन परिक्षणका क्रममा भने कसैको पनि कोरोना पुष्टि नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ६६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ८ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

नेपालको नयाँ नक्सा नराखेको भन्दै ओलीको आपत्ति
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । आइतबार काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली र राष्ट्रको गौरव र शीर निहु¥याउने लज्जाजनक काम अरु हुन नसक्ने बताएका हुन् । यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको उनले आरोप लगाए । ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यबारे पनि प्रश्न उठाए  । त्यस्तै अध्यक्ष ओलीले अहिलेको पाँच गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डाप्रति सौदाबाजी…

गठबन्धन संस्कृतिको भण्डाफोर गरौं : जनता प्रगतिशील पार्टी
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ८ जेठ । हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढन आम मतदातालाई आह्वान गरेको छ ।  सत्तारुढ दलहरुले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी हुनु भएका नेता डा. शिवजी यादवले दलहरुलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौति गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पारे । त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागि परेको भन्दै मतदान गर्न पनि सबै…