गठबन्धन संस्कृतिको भण्डाफोर गरौं : जनता प्रगतिशील पार्टी

निकासखबर संवाददाता

काठमाडौं, ८ जेठ । हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढन आम मतदातालाई आह्वान गरेको छ ।  सत्तारुढ दलहरुले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी हुनु भएका नेता डा. शिवजी यादवले दलहरुलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौति गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पारे । त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागि परेको भन्दै मतदान गर्न पनि सबै मतदातालाई आग्रह गरे ।

जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तहको निर्वाचनमा जाँदा स्थानीय तहमा भएको भ्रष्टाचारको भण्डाफोर गरेर जाने पनि जनाएको छ ।

मा प्रकाशित