रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने: संचारमन्त्री कार्की

निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने बताएका छन् ।

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रसारण सेवामा रुपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिटै टुङ्गिने विश्वास व्यक्त गरे ।

उनले बिनासकारी भूकम्प र कोरोना महामारी लगाएत बिपतको समयमा रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गरे । आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गर्ने ३६ कर्मचारीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

मा प्रकाशित