नेपालको नयाँ नक्सा नराखेको भन्दै ओलीको आपत्ति

निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली र राष्ट्रको गौरव र शीर निहु¥याउने लज्जाजनक काम अरु हुन नसक्ने बताएका हुन् ।

यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको उनले आरोप लगाए । ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यबारे पनि प्रश्न उठाए  ।

त्यस्तै अध्यक्ष ओलीले अहिलेको पाँच गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डाप्रति सौदाबाजी गरेको टिप्पणी गर्नुभयो । पाँच दलिय गठबन्धनको ध्यान कुर्सी, सत्ता, भ्रष्टचारमा मात्र केन्द्रीत भएको उहाले आरोप लगाए ।

ओलीले पाँच दलले पाँचतीरबाट आफुहरुलाई घेराबन्दी गरेको भन्दै एमालेले उनीहरुको घेरावन्दी तोड्ने दावी गरे  । उनले पाँच बर्षे सरकार ढालेर प्रचण्ड र माधव नेपालले मुलुकमा अस्थीरता निम्ताउन खोजेको र दक्षिणपन्थी सरकार बनाएको तर्क गरे । उनले मुलुकलाई सहि दिशातर्फ अघि बढाउनका लागि गम्भीर भएर लाग्न बुद्धिजीवीलाई आग्रह गरे ।

मा प्रकाशित