निर्वाचनका लागि मतपत्र छपाई कार्य सुरु
आर्थिक परिवेश संवाददाता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजैबाट मतपत्र छपाई कार्य सुरु हुने भएको छ । निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि आजैबाट छपाई सुरु भएको जानकारी दिएका हुन् । हुने जानकारी दिनुभयो । उहाँले कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिनुभयो । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुने आयोगले जनाएको छ । उनले राजनीतिक दलको आधिकारिक पत्रका आधारमा रु…

प्र्र्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु
आर्थिक परिवेश संवाददाता

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् । बुधबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरकालागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले…

डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्री
आर्थिक परिवेश संवाददाता

काठमाडौं । काठमाडौ उपत्यकाका ठूला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामाग्रीहरु भटिएको छ ।  सोमबार जिल्ला प्रशासन काठमाडौं र बाणिज्य बिभागको संयूक्त अनुगमनका क्रममा अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरु भेटिएका हुन् । अनामनगरमा रहेको बिगमार्टमा अनुगममनका क्रममा केहि उपभोग्य सामाग्रीहरुको म्याद गुर्जिएको फेला परेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । त्यस्तै बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नविकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरेको र सात दिन भित्र बाणिज्य बिभागमा सम्पर्क राख्न निर्देशन दिएको उनले बताए । पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र…

अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइन्छः ऊर्जामन्त्री भुसाल
आर्थिक परिवेश संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन् । सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको बताउँदै मन्त्री भुसालले संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उहाँले बताईन् । मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतिय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । पेट्रोलियम पद्धार्थको विकल्पका…

मिथिलामा वासन्ती छठपर्व मनाइँदै
आर्थिक परिवेश संवाददाता

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन…