निर्वाचनका लागि मतपत्र छपाई कार्य सुरु

निकासखबर संवाददाता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजैबाट मतपत्र छपाई कार्य सुरु हुने भएको छ । निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि आजैबाट छपाई सुरु भएको जानकारी दिएका हुन् ।

हुने जानकारी दिनुभयो । उहाँले कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिनुभयो । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुने आयोगले जनाएको छ । उनले राजनीतिक दलको आधिकारिक पत्रका आधारमा रु सात हजारमा देशभरको तथा पाँच हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिने सकिने जानकारी दिए ।
त्यस्तै आयोगले निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भई कार्यान्वयनमा आइसकेको जनाएको छ ।

 

मा प्रकाशित