राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग, आचारसंहिता कहिलेदेखि?
आर्थिक परिवेश संवाददाताकाठमाडौं । निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेको छैन । उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यद्यपि, सुझावका…
बारको मतगणना आज मंगलवार ९ बजेदेखि
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ः०० बजेबाट मतगणना सुरु हुनेछ । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए…
बाँकेको नरैनापुरमा आगलागी, १५ घरगोठ जले
आर्थिक परिवेश संवाददाताबाँके । बाँकेको नरैनापुर गाउँपालिका– ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका अनुसार आगलागीबाट ४ वटा बाख्रा पनि जलोक छन् । वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको रकरिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए । प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने नभएको र घट्नाबारे थप अनुसन्धान भइरहेको…
सरकार बचाउन पनि गठबन्धन होः गृहमन्त्री खाँण
आर्थिक परिवेश संवाददातातनहुँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् । आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ । र सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाटिकन भन्दा ।’ पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएको सहमतलाई गृहमन्त्री खाँणले सरकार बचाउनका लागि भएको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।…
स्थानीय तह निर्वाचन: अछाममा तीन दलको गठबन्धन
आर्थिक परिवेश संवाददाताअछाम । स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । सरकारमा रहेका पाँच दलले तालमेल गरेर जाने गठबन्धनको निर्णयअनुसार प्रचारप्रसारलाई निरन्तर दिएका छन् भने नेकपा एमाले स्थानीय चुनावमा एक्लै जाने तयारीमा रहेको छ । सरकारले ३० वैशाखमा स्थानीय तहको मिति तोकेसँगै अछाममा पनि राजनितीक दलहरू चुनाव केन्द्रित भएका छन् । जिल्लामा क्रियाशील ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । जिल्लाका १० वटै स्थानिय तहका…

