
बाँके । बाँकेको नरैनापुर गाउँपालिका– ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ जलेर नष्ट भएका छन् ।
इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका अनुसार आगलागीबाट ४ वटा बाख्रा पनि जलोक छन् । वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको रकरिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।
प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमको भनाइ छ ।
आगलागीबाट मानवीय क्षति भने नभएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

