एमाले प्रवेश गरेका गाउँपालिकाका अध्यक्ष २४ घण्टा नबित्दै माओवादीमै फर्किए
आर्थिक परिवेश संवाददाता

धादिङ । केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ पुनः माओवादीमै फर्किएका छन् । समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै उनि माओवादीमै फर्किएका हुन् । उनि नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटीको सदस्य थिए ।उनि माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एकमात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किए पनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सक्रिय रहेका थिए । ईकान्तिपुरबाट

स्थानीय तह निर्वाचनको सन्दर्भमा माओवादीको अपिल
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा अपिल जारी गरेको छ । समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको अपिलमा उल्लेख गरेको छ । माओवादीले संविधानमा रहेको मौलिक हक कार्यन्वयन गर्न सबै तहमा माओवादी केन्द्रको नेतृत्व चाहिने अपिलमा दाबी छ । ‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जानेछन्’, अपिलमा छ, ‘जनक्रान्तिको रक्षा,राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी केन्द्रको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको छ ।’ यस्तो छ…

गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुन्छः माधव नेपाल
आर्थिक परिवेश संवाददाता

कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई हिन्दी भाषामा सम्बोधन गरेका नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने बताएका हुन् । ‘यो क्षेत्रमा हामी बलिया छौं । त्यसैले यहाँ हाम्रो दाबी रहने छ,’ उनले भने ।  नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए । उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने दाबीसमेत गरे । एमालेप्रति इङ्गित गर्दै अध्यक्ष नेपालले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता…

खोटाङको हलेसी तुवाचुङमा वडा कार्यालय तोडफोड, चार पक्राउ
आर्थिक परिवेश संवाददाता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राती स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् । तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताए । यस्तै, हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिलभरको गाग्रो…

नहरमा डुबेर वृद्धको मृत्यु
आर्थिक परिवेश संवाददाता

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–६ मधेशा स्थित नहरको पानीमा डुवेर एकजना वृद्धको मृत्यु भएको छ । स्थानीय ६० वर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगव्एको थियो । उनको कोमा उपचारको क्रममा मृत्यु भएको र घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीलबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।